दार्चुला । दार्चुलाबाट नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागि हुने प्रतिनिधि सर्वसम्मत छनौट भएका छन् । दार्चुलाबाट पुरुष खुलातर्फ ६ जना, महिला ४ जना र दलित २ जना गरी १२ जना महाधिवेसन प्रतिनिधि छनौट भएका छन् । निर्वाचन समितिका संयोजक हिरासिह धामीका अनुसार खुलातर्फ १५ जनाको उम्मेदवारी परेकोमा शुक्रबारदेखिको छलफलपछि आइतबार सहमतिमै प्रतिनिधि चयन गरिएको हो ।
दार्चुलाबाट खुला पुरुषतर्फ नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशी, सचिव ज्ञानेन्द्र घर्ती, जिल्ला कमिटी सचिवालय सदस्यहरु प्रेमसिह धामी, देवसिह महर, प्रदेश कमिटी सदस्य हरदेव जोशी र गेल्बुसिह बोहरा छनौट भएका छन् । महिलातर्फ ४ जनाको लागि ७ जनाको उम्मेदवारी परेको थियो । तीन जनाले उम्मेदवारी फिर्ता लिएपछि महिलातर्फ महाधिवेशन प्रतिनिधिको लागि अपिहिमाल गाउँपालिका उपाध्यक्ष उर्मिला बोहरा, प्रदेश कमिटी सदस्य दुर्गादेवी धामी, जिल्ला कमिटी सदस्य गौरी बडाल र मालिकार्जुन गाउँपालिका उपाध्यक्ष पुष्पा अवस्थी (मेनका) सर्वसम्मत चयन हुनुभएको हो । महिला प्रतिनिधिको लागि उम्मेदवारी दिएकामध्ये जिल्ला कमिटी सदस्य कमला विष्ट, हिरादेवी अवस्थी, लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशीले उम्मेदवारी फिर्ता लिनुभएको हो । दलित प्रतिनिधितर्फ भने प्रदेश कमिटी सदस्य लालबहादुर विश्वकर्मा र जिल्ला कमिटी सचिवालय सदस्य दानीराम पार्की सर्वसम्म चयन भएका छन् । एमााले दार्चुलाले सबै स्थानीय तह र भूगोल मिलाएर प्रतिनिधी छनौट गरेको जनाएको छ । नेकपा एमाले केन्द्रिय कमिटी सदस्य एबं सासंद गणेशसिंह ठगुन्ना आयोजक समिति सदस्य एबं पदेन सदस्य रहने बताइएको छ ।
पार्टीका केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीले यही कात्तिक २६ गते सन्देश जारी गरी उच्च समझदारीका साथ प्रतिनिधि छनोट गर्न पार्टीका सदस्यहरूलाई आह्वान गर्नुभएको थियो । गएको असोजमा विधान महाधिवेशन सम्पन्न गरेको एमालेले नयाँ नेतृत्व चयनका लागि आउँदो मङ्सिर १० देखि १२ गतेसम्म चितवनको सौरहामा राष्ट्रिय महाधिवेशन गर्दैछ । पार्टीले एक हजार नौ सय ९९ प्रतिनिधि चयन हुने जनाएको छ । त्यसको पाँच प्रतिशतसम्म मनोनित प्रतिनिधि हुन सक्ने बताइएको छ ।
हेर्नुहोस दार्चुलाबाट छनोट भएका एमाले महाविधेसन प्रतिनिधिहरुको सूचि

सम्बन्धित समाचार: दार्चुलामा एमालेको महाधिवेसन प्रतिनिधिका लागि २४ जनाको उम्मेदवारी (सूचिसहित)
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया