गोकुलेश्वरमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम

दार्चुला । दार्चुलाको दोस्रो ठूलो बजार गोकुलेश्वरमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । आन्तरिक राजश्व कार्यालय डडेल्धुराको आयोजनामा दशौँ राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा स्वेच्छिक कर सहभागिता अभिबृद्धि, सुशासन विकास र समृद्धि भन्ने नाराका साथ गोकुलेश्वरमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको स्थानीय व्यापारी सुरेश श्रेष्ठले जानकारी दिनुभयो ।

शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरका व्यापार व्यवसायी र अन्य सरोकारवालाहरुको सहभागितामा शनिबार गोकुलेश्वरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको श्रेष्ठले बताउनुभयो । कार्यक्रममा राजश्व कार्यालय, कर कानुन र आर्थिक अध्यादेश सम्बन्धि जानकारी गराइएको छ । यस्तै प्यान र भ्याट कारोबार तथा कर प्रणाली र प्रक्रिया सम्बन्धि जिज्ञासा सम्बन्धि खुला छलफल र अन्तरक्रिया कार्यक्रम भएको उहाँले बताउनुभयो । कार्यक्रममा आन्तरिक राजश्व कार्यालय डडेल्धुराका कर अधिकृत तिलक राज बोगटी, तिर्थराज बराल लगायतको आतिथ्यता रहेको थियो । मंसिर १ गतेदेखि ७ गतेसम्म देशभर कर सप्ताह सञ्चालनमा छ ।

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?