कांग्रेस बैतडीको कार्यसमितिका लागि मतदान सम्पन्न

दार्चुला । नेपाली कांग्रेस बैतडीको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । आज बिहान साढे १० बजेबाट सुरु भएको मतदान साढे ६ बजे सम्पन भएको निर्वाचन समितीले जनाएको छ ।

१ हजार  ४ सय ९ मतदाता रहेकोमा १ हजार ३ सय ४८ जनाले नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागी मतदान गरेको निर्वाचन अधिकृत पुष्पराज जोशीले बताउनुभयो। आजै राती १० बजे देखी मतगणना सुरु हुने पनि निर्वाचन समितीले जनाएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीबाट सभापति पदका लागि शिवराज भट्ट र चतुरबहादुर चन्द चुनावी मैदानमा छन् । प्रदेश क्षेत्रीय अधिवेसनमा एक एक क्षेत्रमा विजयी भएका दुबै प्यानलबिच कडा प्रतिस्पर्धा हुने बताइएको छ ।

प्रदेश क्षेत्रको मत विश्लेषण गर्दा चन्द समुह केही बलियो देखिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?