दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा भिरबाट लडेर एकजना पुरूषको मृत्यु भएको छ । लेकम गाउँपालिका वडा नम्बर २ कैनोडा साच्चोरीका गणेशदत्त जोशीको भिरबाट लडेर मृत्यु भएको हो। घर नजिकैको खर फागलामा घाँस (खर) काट्न गएका जोशीको शनिबार भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। मृतक जोशीका एक छोरा र तीन छोरी रहेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया