दार्चुला । दार्चुला सदरमुकाम खलंगा लगायत जिल्लाको अधिकासं क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको उत्तराखण्ड प्रदेशमा पर्ने कनालमा केन्द्र बिन्दु बनाएर ४.१ रेक्टर स्केलको भुकम्प गएको हो ।
आज विहीबार दिउसो २ बजेर २० मिनेटमा गएको भुकम्पको धक्का दार्चुलामा पनि महसुस गरिएको भुकम्प मापन केन्द्रले जनाएको छ । दार्चुलामा पटकपटक भुकम्पको धक्का महसुस हुने गरेको छ ।
भुकम्प मापन केन्द्रका अनुसार भारतको उत्तराखण्ड र सुदूरपश्चिमको पहाडी क्षेत्र भुकम्पको उच्च जोखिममा रहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया