दार्चुला । नेकपा एमाले दार्चुलाको आठौँ जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । यही पुस २३ गते (भोली) दिउँसो १२ बजे देखि दार्चुला सदरमुकाम खलंगास्थित भावना सभाहलमा सुरु हुने अधिवेसनको सम्पूर्ण तयारी पुरा भएको नेकपा एमाले दार्चुलाका सचिव ज्ञानेन्द्र घर्तीले जानकारी दिनुभयो । दिउँसो १२ बजे अधिवेसन उद्घाटन सत्र सुरु हुने उहाँले बताउनुभयो । कार्यविभाजन अनुसार छ वटै उपसमितिले आफ्नो काम लगभग सम्पन्न गरिसकेको उहाँको भनाई छ ।
जिल्ला अधिवेसन प्रतिनिधिको परिचयपत्र बनाउने काम समेत लगभग सकिएको सचिव घर्तीले बताउनुभयो । व्यवस्थापन, प्रचारप्रसार र प्राविधिक कामहरु सबै सकिएको एमाले जिल्ला अधिवेसन आयोजक कमिटीले जनाएको छ । जिल्ला अधिवेसनमा नेकपा एमाले दार्चुलाले पछिल्लो समयमा गरेका विकास र समृद्धिका कामहरु समेटिएको भिडियो डकुमेन्ट्री समेत प्रस्तुत गरिने एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो । जिल्ला अधिवेसनका लागि जिल्लाभरीबाट ७७५ जना प्रतिनिधि सहभागि हुने प्रचारप्रसार विभाग प्रमुख बडालले बताउनुभयो ।
बुधबार बसेको जिल्ला कमिटी पदाधिकारी वैठकले विशिष्ट र १५ वटा जनबर्गिय संगठनहरुबाट ३७ जना प्रतिनिधि मनोनित गरेसंगै अधिवेसन प्रतिनिधिको संख्या ७७५ पुगेको हो । जिल्ला अधिवेसन आयोजक कमिटीका १८० जना सदस्यहरु पदेन जिल्ला अधिवेसन प्रतिनिधि हुने बताइएको छ । दार्चुलामा ६१ वडाबाट ५११ जना, महाकाली र शैल्यशिखर नगरकमिटीबाट ६/६ जनागरी १२ जना र मालिकार्जुन, लेकम, मार्मा, दुहुँ, अपिहिमाल, नौगाड र व्यास गाउँकमिटीबाट ५/५ जना गरी ३५ जना प्रतिनिधि चयन गरिएको छ ।
आठौँ जिल्ला अधिवेसनबाट अध्यक्ष, पदाधिकारी तथा नेतृत्वका लागि आकाक्षिं नेताहरु अधिवेसन प्रतिनिधिहरुसंग सम्पर्क गर्न थालेका छन् । अधिकासं जिल्ला स्तरीय नेताहरु दार्चुला सदरमुकाम खलंगा पुगिसकेका छन भने प्रतिनिधिहरु समेत खलंगा आउने क्रम सुरु भएको नेकपा एमाले दार्चुलाका अधिवेसन आयोजक कमिटी सदस्य खेमराज जोशीले बताउनुभयो ।
नेता, कार्यकर्ता र जनताको माझमा लोकप्रिय रहेको र एमालेलाई अझै बलियो बनाएर लैजान सक्ने नेतालाई अध्यक्ष चयन गर्नुपर्ने आवाज उठ्न थालेको छ । जिल्ला अधिवेसनको लागि एमाले पोलिटब्युरो सदस्य, प्रदेश सह-इन्चार्ज एबं दार्चुला इन्चार्ज गणेशसिंह ठगुन्ना पुस पहिलो सातादेखि गृहजिल्ला दार्चुलामै रहनुभएको छ ।
देशभर पुस २३ गते शुक्रबार नै जिल्ला अधिवेसन आयोजना गरिएको र भर्चुअल माध्यमबाट केन्द्रीय अध्यक्ष केपी सर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।
सम्बन्धित समाचार: एमालेको जिल्ला अधिवेशन भोलीदेखि, ७७५ प्रतिनिधि सहभागि हुने, अध्यक्षमा कसले बाजी मार्ला?

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया