दार्चुला । नेकपा (एमाले) दार्चुलाको आठौँ जिल्ला अधिवेसनबाट जिल्ला उपाध्यक्ष पदमा चरन सिंह बुढाथोकी निर्विरोध निर्वाचित हुनुभएको छ । उम्मेदवारी मनोनयनको क्रममा उपाध्यक्ष पदमा बुढाथोकीको मात्रै उम्मेदवारी परेपछि उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । यद्धपी निर्वाचन समितिले घोषणा गर्न भने बाँकी रहेको छ ।
निर्वाचन समितिका अनुसार जिल्ला कमिटी अध्यक्ष पदमा चार जनाको उम्मेदवारी दर्ता भएको छ । उदय बडाल, ज्ञानेन्द्र घर्ती, मोहनसिह धामी र प्रेमसिह धामी गरी चार जनाले एमाले दार्चुलाको अध्यक्षका लागि उम्मेदवारी दर्ता गरेका हुन् । सचिवमा शेरसिह धामी, गंगादत्त जोशी, नारायणदत्त भट्ट र लक्ष्मी प्रसाद जोशीको उम्मेदवारी परेको छ । यस्तै उपसचिवमा खडक बडाल, उमेश जोशी, चन्द्रादेबी कुवँर, दानिराम पार्की र धनबहादुर कुवँरको उम्मेदवारी परेको छ ।
जिल्ला कमिटी सदस्य पदमा भूगोल, समावेसी र खुलातर्फ अधिकासं कोटामा निर्विरोध निर्वाचित भइसकेको बताइएको छ । प्रमुख निर्वाचन अधिकृत गगनसिंह धामीका अनुसार एमाले दार्चुलाको जिल्ला कमिटी पाँच पदाधिकारीसहित ९० सदस्यिय हुने छ । पदाधिकारीमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव १ र उपसचिव दुई जना गरी ५ जना रहने व्यवस्था रहेको छ । उम्मेदवारहरुले अधिवेसन प्रतिनिधिसंग भोट माग्न थालेका छन् । उम्मेदवारको अन्तिम नामावली पुस २५ गते दिउँसो १ बजे भावना सभाहलमा सार्वजनिक हुनेछ । पुस २५ गतेसम्म सहमतिको प्रयास गर्ने र सहमति जुट्न नसकेमा २६ गते निर्वाचन प्रकृयामार्फत नेतृत्व चयन गरिने एमाले दार्चुलाले जनाएको छ ।
मतदान कार्यक्रम पुस २६ गते विहान ८ बजेदेखि १२ बजेसम्म हुनेछ । भने मतगणना, नतिजा प्रकाशन र सपथ ग्रहण लगायतको कार्यक्रम मतदान सम्पन्न भएपछि पुस २६ गते नै गर्ने निर्वाचन समितिले जनाएको छ ।
सम्बन्धित समाचार: एमालेको अध्यक्ष र सचिवका लागि चार/चार जनाको उम्मेदवारी, उपाध्यक्षमा चरन निर्विरोध
हेर्नुहोस उम्मेदवारहरुको प्रारम्भीक नामावली





विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया