व्यासमा अबैध घरेलु मदिरा बरामद गरी नष्ट गरियो, खलंगाबाट हराएका बालक फेला

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर ४ सुनसेरा बजारबाट अबैध घरेलु मदिरा बरामद गरिएको छ । सुनसेरा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक हिमान्सु चन्दको नेतृत्वमा खेटिएको गस्ती टोलीले अबैध घरेलु मदिरा बरामद गरेको हो ।

अबैध घरेलु मदिरा बेचबिखन भईरहेको आकंकामा चेकजाँच गर्दा ११० लिटर घरेलु मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ । जनप्रतिनिधि, स्थानीय र पत्रकारको रोहवरमा बरामद गरिएको मदिरा नष्ट गरी अगामी दिनमा मदिरा राखेको पाइएमा कार्वाही गरिने चेतावनी दिइएको बताइएको छ ।

हराएको बालक फेला
दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ पुलघाटबाट शनिबार विहान ११ बजेको समयमा तीन बर्षीय प्रियान्सु बम हराएको जानकारी पाएपछि प्रहरीले खोजि गरेको छ । बालक हराएको भनि जिल्ला प्रहरी कार्यालय दार्चुलामा खबर हुनासाथ प्रहरी परिचालन गरेर खोज तलास गर्ने क्रममा निज बालकलाई गल्फै तर्फ जाने सडकमा फेला पारेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सकुसल फेला परेका प्रियान्सुलाई अभिभावक बोलाई जिम्मा लगाइएको बताइएको छ ।

सायद २ जना मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?