दार्चुलामा हिउँदे झरीका कारण मह उत्पादन ५० प्रतिशतले घट्यो, किसान चिन्तित

दार्चुला । दार्चुलामा यो सिजनमा मह उत्पादन ५० प्रतिशतले घटेको छ । हिउँदे झरीका कारण यो वर्ष ५० प्रतिशतले मह उत्पादनमा कमी आएको उद्यमी नारायन जोशीले बताउनुभयो । मह संकलन गर्ने समयमा हिउँदे झरीका साथै मौरीमा रोग लागेपछि जिल्लामा मह उत्पादनमा ५० प्रतिशतले कमी आएको उहाँको भनाई छ ।

दार्चुलामा पछिल्लो समय व्यवसायीक मौरिपालन गर्ने किसानको संख्या बढ्दै गएको छ । तर मह उत्पादनमा कमि आएसंगै किसानहरु चिन्तित बनेका छन् । महको बजार राम्रो छ, कृषक गणेश कार्कीले भन्नुभयो, दार्चुलाको मह स्थानीय बजारसंगै तराइका जिल्ला र काठमाण्डौँसम्म पुग्ने गरेको छ । राम्रो मूल्य पाउन थालेपछि कृषकहरु माहुरीपालनमा लगानी बढाउदै गएका छन ।

गत बर्ष जिल्लाभरी मह उत्पादन राम्रो भएपनि यो बर्ष उत्पादनमा कमि आएको कृषि ज्ञानकेन्द्र दार्चुलाले जनाएको छ । विषेश गरी कार्तिक महिनामा मह संकलन गर्ने समयमा निरन्तर हिउँदे झरी पर्दा मौरीमा रोग लागेपछि यो वर्ष मह उत्पादनमा कमी भएको कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख प्रकाश कुमार पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?