यात्रु नपाएपछि बैतडी –धनगढी उडान बन्द

बैतडी । बैतडीबाट धनगढीका लागि हुने हवाई सेवा बन्द भएको छ । यात्रु नपाएपछि गएको एक महिना यता बैतडी –धनगढी उडान भएको छैन् । साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको थियो । तर पछिल्लो एक महिना यता यात्रुको अभावले हवाई सेवा बन्द भएको नागरिक उड्डयन कार्यालय, पाटनका वरिष्ठ अधिकृत दीपक भट्टले बताउनुभयो । उहाँले भन्नुभयो ‘ यात्रु भएमा उडान गर्ने भन्ने तयारी गरिरहेका छौं । तर यात्रु नहुँदा समस्या भएको छ ।’

१८ यात्रु क्षमताको समिट एयरको जहाजका लागि समेत यात्रु नहुँदा समस्या भएको छ । पछिल्लो समय मौसमको कारणले गर्दा ढिलो हुने र उडान नहुने चिन्ताले यात्रु नआउने गरेका हुन सक्ने भट्टले बताउनुभयो । दैनिक ५÷७ जनाले मात्र हवाई यात्रा खोज्ने गरेको उहाँले बताउनुभयो  । १४÷१५ जनासम्म पुगेपछि उडान सुचारु गर्न सकिने उहाँले बताउनुभयो  ।

बैतडीदेखि धनगढीसम्मको हवाई भाडा ४ हजार १ सय रुपैयाँ छ । १७ मिनेटमा पुगिने यात्रामा भाडा भने महँगो भएको स्थानीयहरुले बताएका छन् । हवाई भाडा निकै महंगो भएको स्थानीयहरुको भनाई छ ।

यता समिट एयरका बैतडी पाटन विमानस्थल हेर्ने कृष्ण भट्ट भने यात्रु अभाव नभई मौसम खराबीले उडान हुन नसकेको दाबी गरेका छन् । मौसम खराबी कारणले उडान भर्न नसकेको उहाँको भनाई छ ।

शुरुमा ३ हजार ८ सय ५० रुपैयाँ भाडा भएपनि इन्धनको मूल्य बढेपछि भाडा बढेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?