दार्चुला । दार्चुलामा राजनीतिक दलहरु स्थानीय तहको निर्वाचन लक्षित गतिविधि गर्न थालेका छन् । अगामी स्थानीय तहको निर्वाचनमा विजय हासिल गर्नका लागि नेकपा एमाले, नेपाली कांग्रेश, नेकपा माओबादी केन्द्र लगायतका दलहरुले राजनीतिक गतिविधि अगाडी बढाउन थालेका हुन् ।
नेकपा एमाले दार्चुलाका नेताहरु जिल्ला दौडाहमा लागेका छन् । नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष प्रेमसिंह धामी नेतृत्वको टोलीले जिल्लाको विभिन्न पालिका र गाउँहरुमा राजनीतिक भेटघाट गरिरहेको जनाएको छ । अध्यक्ष धामी नेतृत्वको टोलीले मालिकार्जुनको उकु बाकु क्षेत्रमा सडकको स्थलगत अनुगमन गर्नुका साथै छिटो निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई अनुरोध गरेको छ । उकु भग्नावशेषको समेत अवलोकन गरिएको र मालिकार्जुनका विभिन्न गाउँमा स्थानीयसंग भेटघाट गरेर जनताको पार्टी एमालेलाई अगामी निर्वाचनमा विजयी गराउन अनुरोध गरिएको एमाले जिल्ला कमिटी सदस्य उपेन्द्र धामीले जानकारी दिनुभयो ।
यस्तै नेकपा एमाले मार्मा गाउँकमिटीको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । नेकपा एमाले मार्मा गाउँकमिटी अध्यक्ष धिरेन्द्र विष्टको अध्यक्षता तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य देव सिह महराको प्रमुख आतिथ्यतामा बसेको बैठकले पालिका भित्रका वडाहरुका कमिटी गठनलाई निरन्तरता दिने, महिला दलित लगायतका कमिटीलाई गठन गर्ने, गाउँ कमिटीको कार्यालय स्थापना गर्ने, आगामी निर्वाचनमा तत्परताका साथ सबैले आआफनो स्थानबाट खटिएर लाग्नुपर्ने लगायतका निर्णय गरिएको नेकपा एमाले जिल्ला कमिटी सदस्य खेमराज जोशीले जानकारी दिनुभयो ।
यस्तै नेकपा एमाले मालिकार्जुन गाउँपालिका वडा नम्बर २ को बैठक संगठन विस्तार र निर्वाचन केन्द्रीत कार्यक्रम एबं अभियान सञ्चालन गर्ने निर्णय गर्दै सम्पन्न भएको एमाले जिल्ला कमिटी सदस्य हिरासिंह धामीले बताउनुभयो ।
नेकपा माओबादी केन्द्रका नेताहरु समेत निर्वाचन लक्षित भेटघाटका लागि गाउँघर केन्द्रीय भएको माओबादी नेता दलजितसिंह धामीले बताउनुभयो । नेपाली कांग्रेश जिल्ला कार्यसमितिको शुक्रबार र शनिबार दार्चुला सदरमुकाम खलंगामा आयोजित बैठकले समेत निर्वाचन लक्षित गतिविधि र कार्यक्रम सबै पालिकामा आयोजना गर्ने निर्णय गरेको छ । अगामी बैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा भएसंगै राजनीतिक दलहरुले गाउँपालिका र नगरपालिकाहरुमा निर्वाचन जित्ने रणनीति बनाउन थालेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया