दार्चुला । नेकपा एमाले दोगडाकेदार गाउँपालिका वडा नम्बर ६ सित्तडको वडा कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ । नेकपा एमाले दोगडाकेदार गाउँपालिका अन्तरगत वडा नम्बर ६ को वडा कमिटीको बिस्तारित बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो ।
यस्तै विभिन्न पार्टी परित्याग गरि शुक्रबार १० जनाले नेकपा एमालेमा प्रबेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा रियल सिंह काकी, दिपा भण्डारी, देबकी जोशी,कमला गोयला, जानकी जोशी, देबराम लुहार रहेका छन् । यस्तै नेपाली काङ्ग्रेस परित्याग गरि जानकी भण्डारी, लाल सिंह नगारी, नवराज जोशी, गणेश लुहार पनि एमालेमा प्रबेश गरेका नेकपा एमाले गाउँपालिका कमिटी अध्यक्ष काशी सिह विष्टले जानकारी दिनुभयो ।
यस्तै बिहीबार नेकपा एमालेले वडा नम्बर १ रिमको वडा कमिटी बैठक सम्पन्न गरेको छ । विस्तारित बैठकमा विभिन्न पार्टी परित्याग गरी १२ जनाले एमाले प्रवेश गरेको अध्यक्ष बिष्टले बताउनुभयो । नव प्रवेशीहरुलाई बैठकका प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सचिव तथा दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले अबिर तथा खादा ओढाएर सम्मान तथा स्वागत गर्नुभएको थियो । बैठकमा वडा कमिटीको आगामी कार्यदिशा बारे पनि छलफल भएको नेताहरुले बताएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।







प्रतिक्रिया