दार्चुला । धनगढीमा डेरा गरी बस्दै आएकी एक किशोरीको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा डेरा गरी बस्दै आएकी १८ वर्षीया मनीषा जोशीको मृत्यु भएको प्रहरीले बताएको छ।
सोमबार उनले सेल्फास सेवन गरेकी र सेती अस्पतालमा उपचारका क्रममा हिजो नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताउनुभयो । बैतडीको पुर्चौँडी नगरपालिका वडा नम्बर ७ घर भएकी मनीषा कैलाली बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययनरत रहेको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया