दार्चुला । दार्चुलामा पढ्दै कमाउदै कार्यक्रमका लागी दुई विद्यालय छनौट भएका छन् । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउदै कार्यक्रमका लागी सामुदायीक विद्यालयहरुसगँ प्रस्तावना माग गरिएकोमा दार्चुलाका दुई विद्यालयहरु छनौट भएका हुन् ।
जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ५ मा रहेको लटिनाथ नमुना मावि चौपाता र दुहुँ गाउँपालिकाको जनविकास मावि बारबाँज पढ्दै कमाउदै कार्यक्रमका लागी छनौटमा परेका हुन् ।
लटिनाथ नमुना मावि चौपातामा कृषि तथा पशु कार्यक्रम र जनविकास मावि बारबाँजमा वाली विज्ञान कुर्षि सम्बन्धि कार्यक्रम लागु हुने बताईएको छ ।
कार्यविधि अनुसार कार्यक्रम सञ्चालन गर्न छनोट भएका विद्यालयका विद्यार्थीले कृषि (बाली विज्ञान/पशु विज्ञान/बागवानी), इन्जिनियरिङ (सिभिल/इलेक्ट्रिकल/कम्प्युटर), पर्यटन तथा हस्पिटालिटी कार्यक्रम चलाउन पाउनेछन्।
त्यस्तै वन तथा वातावरण, निर्माण, अटोमोबाइल, व्यावसायिक कीट (मौरीपालन, च्याउ खेती र रेसम खेती) गर्न विद्यार्थीले सशर्त अनुदान पाउने छन्।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया