सार्वजनिक स्थानमा मास्क नलगाउने १५७ जनालाई सजाय

दार्चुला । दार्चुलामा सार्वजनिक स्थानमा मास्क नलगाई हिड्ने एक सय ५७ जना लाई प्रहरीले कार्वाही गरेको छ । लकडाउन खुले पछि देशभर कोरोना संक्रमण दिन प्रति दिन बढीरहेकोले कोरोना नियन्त्रण तथा रोकथामका लागी गृह मन्त्रालयको निर्देशन अनुसार असार २३ गते बाट सार्वजनिक स्थानमा मास्क नलगाई हिड्ने र सामाजिक दुरी कायम नगर्नेलाई कार्वाही थालिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

गृह मन्त्रालयको निर्देशन अनुसार दार्चुलामा पनि असार २३ गते देखि हाल सम्म एक सय ५७ जनालाई कार्वाही गरिएको जिल्ला प्रशरी कार्यालय दाचुलाका सूचना अधिकारी एंव प्रहरी प्रवक्त सुरेन्द्र प्रसाद जोशीले बताउनुभयो । उक्त संख्याको कार्वाही बाट १५ हजार सात सय रुपैया राजस्व संकलन भएको उहाँले बताउनुभयो ।

मास्क नलगाउने र सामाजिक दुरी कायम नगर्नेलाई एक सय रुपैँया जरिवाना गर्ने गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक स्थानामा निस्कदा अनिवार्य मास्क प्रयोग गर्न र सामाजिक दुरि कायम गर्न सबैमा अनुरोध गरेको छ ।

याे पनि पढ्नुहाेस

दार्चुला प्रशासनबाट पालिका अनुसार फरक–फरक बार सेवा, स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

दार्चुलामा आठ स्थानीय तहका १८८ जनाको स्वाब संकलन

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?