मालिकार्जुनका तीन र मार्माका थप दुई जनामा कोरोना, दार्चुलामा संक्रमितकाे संख्या ४८ पुग्याे

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाका तीन जना र मार्मा गाउँपालिकाका दुई जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मालिकार्जुनका २५, २७ र ३५ बर्षीय पुरुष र मार्मा गाउँपालिका वडा नम्बर ३ का ३६ र २७ बर्षीय पुरुषमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेले जानकारी दिनुभयो ।

मंगलबार पाँच जना संक्रमित थपिएसंगै दार्चुलामा कोरोना संक्रमितको संख्या ४८ पुगेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

साउन २२ गते थ्रोट स्वाबको नमुना संकलन गरिएका १८९ जनामध्ये मंगलबार पाँच जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

याे पनि पढ्नुहाेस

दार्चुलामा आठ स्थानीय तहका १८८ जनाको स्वाब संकलन

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?