लेकमको अध्यक्षमा दुई स्वतन्त्रसहित पाँच जनाको उम्मेदवारी
दार्चुला । दार्चुलाको लेकम गाउँपालिका अध्यक्षमा दुई स्वतन्त्रसहित पाँच जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
नेकपा एमालेको तर्फबाट परमानन्द जोशी, सत्तागठन्धनबाट माओवादीका रामदत्त जोशी, नेकपा (एकीकृत समाजवादी) बाट नरेन्द्र रावल र स्वतन्त्रबाट ईन्द्र साउद र दयालु नाथको उम्मेदवारी परेको हो । एमालेका जोशीले आइतबार मनोनयन दर्ता गराउनुभयो भने अरू चार जनाले सोमबार मनोनयन दर्ता गराउनुभएको हो ।
स्वतन्त्रमा उम्मेदवारी दिएका साउँद नेपाली कांग्रेशका युवा नेता हुन् । उहाँले कांग्रेशको तर्फबाट गाउँपालिका अध्यक्षमा दाबी गर्दै आउनुभएको थियो । गठबन्धनपछि माओबादीको भागमा अध्यक्ष परेपछि साउदले पार्टी निर्णयप्रति विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएको बताइएको छ ।
गाउँपालिका उपाध्यक्षमा एमालेका माधवी जोशी, गठबन्धनबाट कांग्रेसका सुना जोशी र स्वतन्त्रबाट अनिता धामीले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?