दार्चुला । हुनैनाथ माबि कुणीका कार्यालय सहयोगी परमानन्द भट्टको ५४ वर्षकै उमेरमा निधन भएको छ । लेकम गाउँपालिका वडा नम्बर २ मा रहेको हुनैनाथ माबि कुणीमा २०६५ सालदेखि कार्यरत भटट्को अचानक मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
लेकम २ सेलाबन बस्ने भट्टको निधनमा विद्यालयले शोक व्यक्त गरेको छ । भट्टको आज विहान ११ बजेको समयमा निधन भएको र आजै अन्टेष्टि गरिएको हुनैनाथ माबि कुणीका प्रधानाद्यापक अम्बादत्त जोशीले जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया