दार्चुला । दार्चुलाका महाकाली नगरपालिका, नौगाड गाउँपालिका र लेकम गाउँपालिकाका बाढीपहिरो पीडितलाई राहत वितरण गरिएको छ । सुदूरपश्चिमेली नेपाली समाज भारतको तर्फबाट प्राप्त एक लाख १५ हजार ६०३ रुपैया र पत्रकार हरिप्रसाद जोशीको नेतृत्वमा सहयोगी ५५ जना समाजसेवी र विभिन्न पेशाकर्मीको तर्फबाट संकलन भएको एक लाख तीन हजार ५७३ गरी कुल दुई लाख १९ हजार १७६ रुपैयाको ६९ वटा कम्बल खरिद गरेर हस्तान्तरण गरिएको हो ।
नौगाड, लेकम र महाकालीका बाढीपहिरो बाट घर पूर्ण क्षति भएका पीडितहरुलाई राहत वितरण गरिएको पत्रकार हरिप्रसाद जोशीले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय दार्चुलामा आयोजित राहत वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको अध्यक्षता तथा महाकाली नगरपालिकाका उपप्रमुख दुर्गा खत्री बिष्ट, लेकम गाउँपालिका अध्यक्ष राम दत्त जोशी र नौगाड गाउँपालिका उपाध्यक्ष जगत सिंह ठगुन्ना लगायतको आतिथ्यता रहेको थियो ।
प्रशासनको रहोबरमा वितरण गरिएको राहत रकम संकलन तथा उपलब्ध गराउने सहयोगी व्यक्तिहरुको सूची हेर्नुहोस
सहयोगीको नाम र सहयोग रकम

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया