दार्चुला । मकवानपुर क्षेत्र नम्बर–१ मा राप्रपाका दीपकबहादुर सिंह विजयी हुनुभएको छ । उहाँ नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना र राप्रपा नेपाका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी हुनुभएको हो ।
सिंहले २ हजार ३९३ मतको फरकमा विजयी हुनुभयो । कुल ९१ हजार ५८३ म खसेकोमा विजयी सिंहले २७ हजार ८१६ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनकी उम्मेदवार डीनाले २५ हजार ४२३ मत प्राप्त गर्नुभयो । सिंहको पुर्ख्यौली घर सुदूरपश्चिमको दार्चुलाको मार्मा हो।
एमालेको चुनाव चिन्हबाट उम्मेदवार बनेका थापाले २५ हजार ४२० मत प्राप्त गर्नुभयो । राप्रपा हेटौंडामा २८ वर्षपछि विजयी भएको हो। २०५१ सालको निर्वाचनमा राप्रपाका तत्कालिन उम्मेदवार कमल थापाले एमालेका कृष्ण दाहाललाई पराजित गर्दै विजयी हुनुभएको थियो ।
सम्बन्धित समाचारः दार्चुलामा गठबन्धनको विजय, प्रतिनिधिसभामा बडू र प्रदेशसभामा धामी निर्वाचित
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया