स्वदेश फर्किए अभिनेता विवेक ओवरोय

दार्चुला । परिवारसहित नेपाल भ्रमणमा आएका भारतीय अभिनेता विवेक ओबरोय स्वदेश फर्किएका छन् । मंसिर २८ गते नेपाल आएका ओबरोय १० दिने पारिवारिक भ्रमणपछि आज स्वदेश फर्किएका हुन् ।

व्यवसायी पुनम यादवको पहलमा परिवारसहित नेपाल आएका ओवरोयले पशुपतिनाथको दर्शन गर्नुका साथै विभिन्न पर्यटकीय स्थलको भ्रमण गरेका थिए । ओवरोयले नेपालमा हुँदा पोखरामा हाई ग्रङग एड्भेन्चर्समा जिपलाइन, स्काइक्रिमर गरेका थिए । यस्तै उनले पोखरामा रहेको अन्नपूर्ण केबलकारको भ्रमण गरेका थिए ।

ओवरोयले नेपाल बसाइका क्रममा यहाँको खाना एकदमै मिठो लागेको बताएका छन् । फेरि पनि नेपालको भ्रमणमा आउने ओबरोएले बताए ।

आफ्नै पहल र खर्च व्यवस्थापनमा ओबरोयलाई नेपाल ल्याएकी व्यवसायी यादवले उनको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?