दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर ३ मा करेन्ट लागेर एक जना शिक्षकको मृत्युु भएको छ ।
अपिहिमाल गाउपालिका वडा नम्बर ४ स्थित सरस्वती आधारभूत विद्यालय मरखोलामा बिगत ८ वर्ष देखि अध्यापनरत अपिहिमाल-३ मा घर भएका शिक्षक दमन सिंह कार्कीको ३५ वर्षको उमेरमा मृत्यु भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार उहाँ आफ्नै घर नजिकको बिजुलीको पोलमा चढेर विधुत् मर्मत गरिरहनुभएको थियो । उहाँको करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो। शव पोष्टमाटमका लागि गोकुलेेश्ववर अस्पताल ल्याइदैछ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया