दार्चुलाका स्थानीय तहमा संघीय सरकारको २ अर्ब ९१ करोड ८२ लाख बजेट हस्तान्तरण, प्रदेशको आउन बाकी

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाका नौँ वटै स्थानीय तहमा संघीय सरकारबाट २ अर्ब ९१ करोड ८२ लाख बजेट हस्तान्तरण गरिएको छ । नेपाल सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि उक्त रकम दार्चुलाका स्थानीय तहमा पठाएको हो ।

वित्तीय हस्तान्तरण विवरण अनुसार महाकाली नगरपालिकामा ४२ करोड ५४ लाख र शैल्यशिखर नगरपालिकामा ४२ करोड ९० लाख बजेट पठाइएको छ । यस्तै मालिकार्जुन गाउँपालिकामा ३८ करोड ९ लाख, लेकम गाउँपालिकामा ३६ करोड ७३ लाख, नौगाड गाउँपालिकामा २९ करोड २७ लाख, मार्मा गाउँपालिकामा २९ करोड १६ लाख, व्याँस गाउँपालिकामा २६ करोड ४४ लाख, दुहुँ गाउँपालिकामा २५ करोड ७८ लाख र अपिहिमाल गाउँपालिकामा २० करोड ९१ लाख बजेट हस्तान्तरण गरिएको हो।

संघीय सरकारको विशेष र समपुरक बजेटका साथै सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त हुने बजेट स्थानीय तहले थप पाउने छन् । आन्तरिक आम्दानी न्यून रहेकोले प्रदेश र संघीय सरकारबाट प्राप्त हुने अनुदान तथा बजेटको भरमा स्थानीय तहहरूले बजेट निर्माण गर्दै आएका छन् ।

दार्चुलाका पालिकाहरूमा हस्तान्तरण गरिएको बजेट हेर्नुहोस

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?