दार्चुलामा यार्सा टिपेर घर फर्किरहेकी बालिकाको मृत्यु

दार्चुला । दार्चुलामा यार्सागुम्बा सङ्कलन गरी घर फर्किरहेकी एक बालिकाको मृत्यु भएको छ । व्याँस गाउँपालिकाको हुमदुम्तीमा हिउँमा चिप्लिएर घाइते भएकी  व्याँस  २ मालकी १४ वर्षीया आरती कार्कीको अस्पताल लैजाँदै गर्दा आइतबार राति बाटोमै मृत्यु भएको हो ।

दार्चुला जिल्ला अस्पतालमा भर्ना गरिएकी उनलाई थप उपचारका लागि भारतको हल्द्धानी रेफर गरिएको थियो । त्यहाँ लैजादै गर्दा बाटोमै मृत्यु भएको उहाँका काका हर्क सिह कार्किले जानकारी दिनुभयो  ।

मृतक बालिका खलंगास्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत रहेकी थिइन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?