बजेट नपरेपछि स्थानीयले सडकमै मकै लगाए

दार्चुला । बैतडीको एक सडकमा वषौँदेखि बजेट नपरेपछि स्थानियले मकै लगाएका छन् । जिल्लाको सुर्नया गाउँपालिका २ को पत्ताल भुमेश्वर गेटदेखि भम्कापानी सम्मको ग्रामीण शाखा सडकमा स्थानीयले सडक खनेर मकै लगाएका हुन् ।

वर्षौ देखि बजेट नपरेको र परेको बजेटलेपनि अन्य ठाउँमा काम हुने गरेको भन्दै हातेट्याक्टरले जोतेर मकै लगाएको स्थानीय युवा हरिश विष्टले बताउनुभयो । सडक निर्माणमा कसैले चासो नदिएपछि सडकमा परेको आफ्नो जमिनमा मकै छरेको उहाँले बताउनुभयो ।

भत्तालभुमेश्वर देखि डाँडाबाग सम्म जोड्ने सडक अधुरो रहेको छ । यो सडकको स्थानीयहरुले नै मिलेर एक दशक अगाडी उद्धघाटन गरेका थिए । सो सडक निर्माण गर्दा बिचमा सरकार पक्षबाट पनि बजेट आएको थियो तर कति बजेट आएको र कहिले आएको हो यो भने यकिन भएको छैन् ।

सो शाखा सडक पत्ताल भुमेश्वर मुल गेटदेखि भम्कापानि भन्ने ठाउँ र उता डाँडाबागबाट सुनीबाट सम्म विस्तार भएको बताइएको छ । त्यसपछि बजेट अभावमा सो सडक बिच भागमा खनिएको छैन् ।

उनले यो सडक विस्तार हुँदा चन्दा समेत दिएका थिए । राजनीतिकदलका नेता, जनप्रतिनिधि लगायत सरोकारवालाहरुले कुनै चासो नदिएकाले जोतेर मकै लाउन बाध्य भएको युवा विष्टले बताउनुभयो । जनश्रमदान, स्थानीयको चन्दा र सरकारको थोरै बजेटमा निर्माण भएको सडकले पूर्णता नपाएपछि नागरिकहरु आक्रोसित भएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?