दार्चुला । आज २ सय १० औँ भानु जयन्ती । नेपाली साहित्यका आदिकवि भानुभक्तको आचार्यको जन्म जयन्ती भब्यतापूर्वक मनाइँदै छ ।
विसं १८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिनु भएका भानुभक्तले नेपाली भाषा साहित्यमा अतुलनीय योगदान पुर्याउनु भएको छ ।
भानु जयन्ती शुक्रबार सरकारी तथा गैर सरकारी स्तरमा मनाइँदै छ । देश भित्र मात्रै नभई भारतको सिक्किम, दार्जिलिङ, आसमलगायत विश्वभर छरिएका नेपालीहरुले भानु जयन्तीलाई विशेष पर्वको रुपमा मनाउने गर्दछन् ।
बाल्मिकी रायायणलाई नेपाली भाषामा उल्था गरी सरल लोकलयमा ढालेर भानुभक्तले नेपाली भाषा साहित्यमा ठूलो योगदान पुर्याउनु भएको थियो । उहाँका बधुशिक्षा, बरमालालगायत दर्जनौं कृतिहरु रहेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया