धादिङमा एकको हत्या गरी हत्यारा टाउको बोकेर प्रहरीकोमा

धादिङमा हतियार प्रहारबाट एकजनाको हत्या गरिएको छ ।

धादिङको नीलकण्ठ नगरपालिकाका राजु परियारले ६४ वर्षीय सोमबहादुर गुरुङको खुर्पाले हानेर हत्या गरेका हुन् ।

सामान्य विवाद पछि परियारले गुरुङलाई घरभन्दा केही पर सडकमा लगेर हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

परियारले गुरुङको टाउको र खुर्पा बोकेर जिल्ला प्रहरी कार्यालय धादिङमा आत्मसमपर्ण गरेको प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले बताउनु भयो ।

घटनाको थप अनुसंधान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?