दार्चुला । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गर्नुभएको छ ।
नेपाली सेनाको १६ जनाको मेडिकल टोलीसहित उहाँ जाजरकोट प्रस्थान गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
प्रधानमन्त्री प्रचण्डसहित पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत पनि जानुभएको छ । जाजरकोट र रुकुम पश्चिममा भूकम्पले क्षति गरेको छ । प्रधानमन्त्रीले भूकम्प प्रभावित क्षेत्रको अनुगमन गर्नुहुनेछ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया