दार्चुला । उदयपुरमा पिकनिकबाट फर्किएको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य ३७ जना घाइते भएका छन्।
मृत्यु हुनेमा बस चालक त्रियुगा नगरपालिका ५ का ४० वर्षीय भिखन चौधरी, त्रियुगा ६ का ७ वर्षीया सम्या चौधरी र ११ वर्षीय विकाश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक हरिनन्द चौधरीले जानकारी दिनुभयो।
आज दिउँसो अन्दाजी १ बजेको समयमा अन्नपूर्ण सेकेन्डरी बोर्डिङ स्कुलको प्र-०५-००१ ख ००४४ नम्बरको बस उदयपुरगढी गाउँपालिका ७ अधेरी झर्ना नजिकै दुर्घटनामा परेको थियो।
बसमा सवार ४० जना रहेका थिए । दुर्घटनामा परी गम्भीर घाइते १२ जनालाई विराटनगर पठाइएको र अन्य २५ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको डिएसपी चौधरीले बताउनुभयो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया