आज मंसिर कृष्ण त्रयोदशी, दिवङ्गत पितृका नाममा शिवालयहरुमा महादीपदान गरिँदै

दार्चुला । आज मंसिर कृष्ण त्रयोदशी, बालाचतुर्दशी पर्वको अघिल्लो दिन । यस दिन साँझ दिवङ्गत पितृका नाममा महादीपदान गरिन्छ । चतुर्दशीका दिन भने बिहान शतबीज छरेर मनाइन्छ ।

पशुपतिनाथ मन्दिरका साथै देशभरका शिव मन्दिरहरुमा बालाचतुर्दशीको अघिल्लो रात अर्थात् आज राति दिवङ्गत पितृका नाममा महादीपदान बालेर गर्ने प्रचलन छ । यसका लागि पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा दीप प्रज्ज्वलन गर्न र तोकिएका मुख्य क्षेत्रहरुमा शतबीज छर्ने व्यवस्था मिलाएको बताएको छ ।

मृतकका परिवारका सदस्यले मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन रातभर महादीप बालेर भजनकीर्तन गर्ने गर्दछन् । दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै मृतकका आफन्तले काठमाडौंमा एक सय आठ शिवलिङ्ग, कैलाश, गौरीघाट, गुह्येश्वरी, पशुपति, आर्यघाट, मृगस्थली, किरातेश्वर, विश्वरूप आदि ठाउँमा शतबीज छर्ने गर्दछन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?