दार्चुला । अनलाइनमार्फत लागु औषध गाँजा मिसाएकोे केक बेचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२९ घट्टेकुलो बस्ने २६ वर्षीय विशन मानन्धर रहेका छन् ।
पक्राउ परेका उनको साथबाट प्रहरीले गाँजाको धुलो १२१, तयारी अवस्थामा रहेको केकको झोल १७८ ग्राम, गाँजा ३ केजीलगायतका सामानहरू समेत बरामद गरेको छ ।
उनले आफ्नै घरमा विगत १ वर्षदेखि गाँजा मिसावट गरिएका केकका विभिन्न प्रकारहरू बनाइ अनलाइन डेलिभरी गर्दै आएको प्रहरीको आरोप छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया