दार्चुलाको शैल्यशिखरमा एक महिलाको शव फेला

दार्चुला । दार्चुलामा एक महिलाको शव फेला परेको छ। जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ पथरानी रुक्साल खोलामा आज सोमबार बिहान महिलाको शव फेला परेको हो।

करिब ३५ वर्षीया ती महिलाको  हाल सम्म पनि परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताउनुभयो।

अहिले शव गोकुलेश्वर अस्पतालमा राखिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?