शैल्यशिखर नगरपालिकाको १४ औं नगरसभा सम्पन्न

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा १४ औं नगरसभा सम्पन्न भएको छ । माघ १७ गते आज आयोजना भएको हिउँदे अधिवेशन तथा नगरसभा कार्यपालिकाका विभिन्न निर्णयहरू अनुमोदन तथा आवश्यक विषयमा छलफल गर्दै सम्पन्न भएको नगर उपप्रमुख शान्ति खडायतले जानकारी दिनुभयो ।

नगरप्रमुख विजयसिंह धामीको अध्यक्षतामा उद्घाटन भएको शैल्यशिखर नगरपालिकाको नगरअधिवेसन आजै सम्पन्न भएको हो । दार्चुलाका सात स्थानीय तहले यसअघि हिउँदे अधिवेशन आयोजना गरिसकेका छन् । लेकम गाउँपालिकामा फागुन १७ गते गाउँसभा तथा हिउँदे अधिवेशन आयोजना गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

पालिकाहरुले हिउँदे अधिवेशनमा बजेट शंसोधन, कार्यपालिकाबाट पारित ऐन, कानुन, नीति, नियमहरु अनुमोदन तथा विभिन्न प्रस्तावहरु पारित गर्ने गरेका छन् । बर्खे अधिवेसनबाट बजेट विनियोजन हुने गरेकोमा हिउँदे अधिवेसनमा नीतिमा केन्द्रित भएर छलफल हुने गरेको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्करसिंह धामीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?