दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ गोगुना टोलबाट राती अर्काको गोठमा पसेर गाइगोरू फुकाल्ने क्रममा एक जना प्रकाउ परेका छन् । आज विहान ४ बजेतिर स्थानीय केशव बिष्टका गोठमा बाधेको गोरू फुकाली रहेको बेला स्थानीयले पक्राउ गरि प्रहरीलाई बुझाएको बताएका छन् ।
पक्राउ पर्ने लेकम-१ सर्मोली गाँजरीका मानसिंह बोहरा रहेको प्रहरीले जनाएको छ । बोहराको मानसिक अवस्था ठिक नरहेको ले सम्झाइबुझाइ आफन्तको जिम्मा लगाइएको इप्रका रिठाचौपाताले जनाएको छ । गोगुना गाउँमा ब्रतबन्धको कार्यक्रममा हिजो राति ती व्यक्ति फेला परेको र अस्वभाविक गतिविधि गर्न थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया