नेपाल मलेसियासँग ४ विकेटले पराजित, एसिया कप खेल्न नपाउने

दार्चुला । नेपाल एसीसी महिला प्रिमियर लिग क्रेकेटको सेमिफाइनलमा मलेसियासँग पराजित भएको छ।

क्वालालाम्पुरस्थित वायुमास ओभल मैदानमा घरेलु टोली मलेसियासँग नेपाल ४ विकेटले पराजित भएको हो।

पराजित भएसँगै नेपालले एसिया कप टी(२० क्रिकेट प्रतियोगिता पनि खेल्न नपाउने भएको छ। यसै वर्ष हुने महिला एसिया कपमा प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ।

नेपालले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको मलेसियाले एक बल बाँकी छँदै ६ विकेट गुमाएर रोमाञ्चक जित निकाल्यो।

अब मलेसियाले एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पर्सि आइतवार यूएईसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?