सुनको मूल्य आज हालसम्मकै उच्च

दार्चुला । सुनको मूल्यले आज नयाँ रेकर्ड कायम राखेको छ । आज सुन तोलामा २ हजारले बढेर प्रतितोला १ लाख २३ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार दुई हजार रुपैयाँले बढेर प्रतितोला १ लाख २१ हजार रुपैयाँ कारोबार भइरहेको सुनको मूल्य सोमबार स्थिर रहेको थियो ।

छापावाल सुन आज एकैदिन २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला एक लाख २२ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी मंगलबार चाँदी तोलामा १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?