दार्चुलाको चौपातामा जीप दुर्घटनाग्रस्त

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ चौपाता दमसैनामा जीप दुर्घटना भएको छ । ऐरीछाना रिठाचौपाता धनथला सडकखण्ड अन्तरगत दमशैना भन्ने ठाउँमा लेकम ५ पीड अम्कुरका लबबहादुर बोहराको सुपप्र ०१००१ ज १४८९ नम्बरको जीप दुर्घटना भएको हो ।

आजै दिउँसो १२ बजेको समयमा जीप दुर्घटना हुँदा धनबहादुर बोहरा सामान्य घाइते भएको बताइएको छ । सडकबाट करिब ९० मिटर तल खसेको जीप भने क्षतिग्रस्त भएको छ । जीपले बिरे गिरीको भान्सामा समेत क्षति पुगेको छ ।

अहिले घटनास्थलमा स्थानीयसंगै प्रहरी पुगेको छ । दुर्घटनामा घाइते बोहरालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?