ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक गम्भीर घाइते

दार्चुला । दोलखामा​ ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा चालक गौरीशंकर गाउँपालिका ५ तिनेखुका चालक २३ वर्षीय बुद्धिवीर तामाङ र ४३ वर्षीय अमृत तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

शुक्रबार साँझ सवा ६ बजेतिर सुरीबाट सिंगटी जाँदै गरेको लु३त ९७०३ नम्बरको ट्र्याक्टर सामेली भोर्ले भन्ने स्थानमा दुर्घटना ​भएको हो।

दुर्घटनामा घाइते भएका १९ वर्षीय पेम्बा तामाङको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?