दार्चुला । जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठाकी ३६ वर्षीया गौरीदेवी साहको ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

मंगलबार बिहान पौने ६ बजे चार्जमा लगाएको ई-रिक्साको तार छुटाउने क्रममा उनलाई करेन्ट लागेको थियो। उपचारका लागि न्यूरो हस्पिटलमा लग्दा चिकित्सकले मृत घोषणा गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताउनुभयो ।

घटना विषयमा थप अनुसन्धान गरिरहेको धनुषाका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?