दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ स्थित बारिलमा करेण्ट लागेर गम्भीर घाइते हुनुभएकी महिला कुमारी तितराको उपचार खर्च नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने सहमति भएको छ । चैत्र ९ गते ११ केभी प्रसारण लाइनमा तारको उचाइ कम (५ फित ७ इन्च) हुँदा बाख्रा चराउने क्रममा स्थानीय कुमारी देवी तितरालाई करेण्ट लागेको थियो । करेण्ट लागेर गम्भीर घाइते उहाँको काठमाडौंस्थित कृतिपुर बर्न हस्पिटलमा उपचार भइरहेको शैल्यशिखर नगरपालिका वडा नम्बर १ का स्थानीय एबं बारिलका प्रधानाद्यापक सुरेन्द्र तितराले बताउनुभयो । विद्युतको तारबाट करेन्ट लागि शरीरको धेरै भाग जलेकोले उपचारमा धेरै खर्च हुने अवस्था रहेको बताइएको छ ।

विद्युत प्राधिकरणको चरम लापरबाहीका कारण करेण्ट लागेर घाइते भएकी महिलाको प्राधिकरणले उपचार गर्नुपर्ने, जीवन निर्वाहका लागि अन्य व्यवस्था गरिनुपर्ने लगायतका माग राख्दै पीडित पक्षले आन्दोलन थालेको थियो । बलाँच गएको विद्युतको गाडीलाई रोकेर सोमबार मात्रै न्यायका लागि एक घण्टा धर्ना दिइएको थियो । शैल्यशिखर नगरपालिकाका जनप्रतिनिधिहरु लगायत सरोकारवालाको पहलपछि मंगलबार (आज) बलाँचमा विद्युत प्राधिकरणका प्रतिनिधिसंग उपचार खर्च प्राधिकरणले व्यहोर्ने लगायत विभिन्न ४ बुँदे सहमति भएको शैल्यशिखर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष भरत बहादुर खडायतले बताउनुभयो ।

शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामी, उपप्रमुख शान्ति खडायत, वडाअध्यक्ष भरत खडायत लगायत जनप्रतिनिधी, शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्ट लगायत कर्मचारी, सुरक्षा निकायका प्रतिनिधी, नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाका प्रमुख आनन्द सापकोटा लगायत प्रतिनिधि तथा पीडित परिवारका सदस्यहरुबिच चार बुँदे सहमति भएको हो । प्राधिकरणले घाइते तितराको उपचार खर्च सहित जीवन निर्वाहको प्रबन्ध गर्नुपर्ने, आगामी दिनमा हुन सक्ने क्षतिलाई न्युनिकरण गर्न वडा नम्बर १ सहित आसपासका क्षेत्रमा विद्युत प्रसारण लाइनका सम्पूर्ण तार तथा पोलहरुको निरीक्षण गरि व्यवस्थापन गर्नुपर्ने, बलाँचमा वितरण केन्द्रको काउण्टर राख्नुपर्ने लगायतका विषयमा प्राधिकरण तयार भएपछि सहमति जुटेको उहाँले बताउनुभयो ।

पीडित पक्षले न्यायको माग गर्दै निरन्तर संघर्ष गरिरहेका थिए भने जनप्रतिनिधिहरुले समेत उपचार खर्च व्यहोर्नुका साथै अन्य व्यवस्थापनका लागि विद्युत प्राधिकरणसंग माग गरेपछि प्राधिकरण सहमति गर्न तयार भएको हो ।

सहमतिका बुँदाहरु हेर्नुहोस

सम्बन्धित समाचारः शैल्यशिखरमा करेन्ट लागेर एक महिला गम्भिर घाइते

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?