दार्चुला । दार्चुलामा खोलाले बगाउँदा दुईजना बेपत्ता भएका छन् । जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर ५ मुरै स्थित गन्याड खोला तर्ने क्रममा आइतबार साँझ पानीको भेल आएपछि सोही ठाउँ बस्ने २५ वर्षीया झुपा टमटा र ६ वर्षीय ऐन बि.क बेपत्ता भएका हुन्।
दुबै जना डुबेर बेपत्ता भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली खटिई खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया