नौगाडमा चट्याङले पाँच सय भेडाबाख्रा मरेपनि किसानले राहत नपाएको गुनासो

दार्चुला । दार्चुलाको नाैगाड गाउँपालिका वडा नम्बर ४ जामाै र वडा नम्बर १ मा चट्याङ लागेर गत वर्ष करिब ५०० भेडाबाख्रा मरेका थिए । २०७९ भदौँ २४ गते राति चट्याङ परेर करिब पाँच सय भेडा बाख्राको ज्यान गएको नौगाड गाउँपालिका कृषि तथा पशुपन्छी शाखाले जनाएको छ ।

५०० भेडा बाख्राको मृत्युका कारण किसानले झण्डै ५० लाख बढीको क्षति व्यहोर्नुपरेको नौगाड गाउँपालिका कृषि तथा पशुपन्छी शाखा प्रमुख प्रकाश सिंह धामीले बताउनुभयो । किसानले ठूलो क्षति भएको भन्दै राहत माग गरेका थिए । आर्थिक बर्ष २०८१/०८२ सम्म आईपुग्दा पनि  जिल्ला तह/प्रदेश तह/संघीय तह स्थित सम्बन्धि पशुपन्छी कार्यलयहरुले अहिले सम्म कुनै प्रकारको समन्वय/क्षतिपूर्ति/राहत ब्यबस्थापन नगरेको किसानको गुनासो छ ।
यति ठूलो क्षति हुदा समेत कुनै पनि निकाय/कार्यालयबाट राहत नपाउदा  व्यावसायिक भेडापालक कृषकहरुलाई व्यावसायिक रुपमा भेडापालन गर्न भय/डर उत्पन्न भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?