दार्चुलाका किसान स्याउ खेतीमा आकर्षित, नौगाड र मार्माको स्याउ बजारमा आइपुग्यो

दार्चुला । दार्चुलाका किसानहरु स्याउ खेतीमा आकर्षित भएका छन् । हिमाली जिल्ला दार्चुलाका व्याँस, अपिहिमाल, मार्मा, नौगाड र  दुहुँ गाउँपालिकामा स्याउ उत्पादन राम्रो हुने गरेको कृषि ज्ञान केन्द्र दार्चुलाका कृषि अधिकृत चन्द्र बहादुर ठगुन्नाले जानकारी दिनुभयो ।

गत वर्ष १७० हेक्टर जमिनमा २ हजार २३० मेट्रिक टन स्याउ उत्पादन गरिएकोमा यस वर्ष १८८ हेक्टर जमिनमा २ हजार ४७० मेट्रिक टन स्याउ उत्पादन भएको अधिकृत ठगुन्नाले बताउनुभयो । उहाका अनुसार दार्चुलामा पछिल्लो समय स्याउ उत्पादनमा किसानहरुको आकर्षण बढदै गएको छ ।

हिमाली क्षेत्रको स्याउ असोज महिनामा मात्रै बजारमा आइपुग्ने भएपनी यस वर्ष जंगली जनावरको प्रकोप बढेकाले नौगाड र मार्माको स्याउ स्थानीय बजारमा आइपुगेको छ । दार्चुलामै उत्पादन भएको स्याउको मुल्य प्रतिकिलो २५० रुपैयाँ कायम गरिएको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ । अन्य क्षेत्रमा फलेको स्याउ भने असोजपछि मात्रै बजारमा आइपुग्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?