गोकुलेश्वरबाट ६ लाख बढि भन्सार छलीको सामान सहित वोलेरो जिप प्रहरीको नियन्त्रणमा

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको गोकुलेश्वरबाट ६ लाख ३३ हजार बराबरको  भन्सार छलीको समान सहित प्रहरीले वोलेरो जिपलाई नियन्त्रणमा लिएको छ ।

शनिवार (हिजो) इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले शैल्यशिखर नगरपालिका–९ नकतड चेकपोष्ट क्षेत्रबाट ६ लाख ३३ हजार बराबरको बिडी, सलाई र सुर्ती सहित म १ ज २२० नम्बरको वोलेरो जिप नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

सवारी चेकजाँचको क्रममा उक्त सामान भेट्टिएको र चालक भने फरार भएको प्रहरीले बताएको छ । अहिले फरार रहेका चालकको खोजी कार्य भइरहेको र गाडी इलाका प्रहरी कार्यालय गोकुलेश्वरले नियन्त्रणमा लिएको दार्चुला प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?