दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ प्रशासकीय अधिकृत हाजिर भएका छन् । गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा धर्मेन्द्र जोशी सोमवार (हिजो) गाउँपालिकामा हाजिर हुनुभएको हो ।
भदौ २६ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दार्चुलाको मार्मा गाउँपालिकामा जोशीलाइ प्रशासकीय अधिकृतको रुपमा खटाएको थियो । सोमवार (हिजो) एक कार्यक्रमको आयोजना गरि अधिकृत जोशीलाइ गाउँपालिकामा स्वागत गरिएको मार्मा गाउँपालिकाका प्रवक्ता धिरेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।
गत वर्ष मार्मामा खटाइएका प्रशासकीय अधिकृत रोशन अधिकारीले २०८० चैतमा गाउँपालिकाको भवनमा अगजनी गरेको अभियोग सहित जिल्ला अदालत दार्चुलामा मृद्धा दर्ता भएसंगै मार्मा गाउँपालिका प्रशासकीय अधिकृत विहिन रहेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया