लेकम गाउँपालिकाका प्रशासकीय अधिकृत अम्बादत्त जोशीद्धारा पदभार ग्रहण

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउनुभएका नेपाल स्वास्थ्य सेवा, हेल्थ ईन्स्पेक्सन समूह, अधिकृत छैटौँ अम्बादत्त जोशीले आज पदभार ग्रहण गर्नुभएको छ ।

मंगलवार (आज )गाउँपालिकामा एक कार्यक्रमको आयोजना गर्दै गाउँपालिका अध्यक्ष रामदत्त जोशीले अधिकृत जोशीलाई पदभार ग्रहण गराउनुभएको हो । उहाँले आजैदेखि जिम्मेवारी सम्हाल्नुभएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय तह कर्मचारी प्रशासन शाखाको असोज १४ गतेको पत्र अनुसार कार्यालयमा कार्यरत कर्मचारीमध्ये सबैभन्दा बरिस्ठ कर्मचारी जोशीलाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो ।

जोशीले कार्यभार सम्हालेसंगै आर्थिक प्रशासनिक कामकाज सुचारु भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?