शैल्यशिखर नगरपालिकाको प्रशासकीय भवनको ८० प्रतिशत निर्माण कार्य सम्पन्न

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

२०७९ सालमा चाँदनी नमस्कार जेवी प्रालीले सघिंय सरकारको ६ करोड र नगरपालिकाको ६ करोड गरि (भ्याट) सहित १२ करोड बजेटमा २०८१ सालभित्रै भवन निर्माणकार्य सक्ने गरि सम्झौता गरेको थियो ।

हाल भवनको अन्तिम (चौथौँ) तलाको ढलान कार्य भइरहेको र नयाँ वर्षमा नगरपालिकालाई भवन हस्तान्तरण गर्ने गरि धमाधम काम भइरहेको निर्माण कम्पनी चाँदनी नमस्कार जेवी प्रालीका निर्माण व्यवसायी सर्पराज बडूले जानकारी दिनुभयो ।

हालसम्म ५ करोड बराबरको काम सम्पन्न भएको भएपनी दुइ करोड ३२ लाख रुपैयाँ मात्रै भुक्तानी भएको समेत उहाले बताउनुभयो । थप रकम भुक्तानीको लागि आवश्यक समन्वय  भइरहेको र  निर्धारित समयभित्रै भवन निर्माणकार्य सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य भइरहेको व्यवसायी बडूले बताउनुभयो ।

शैल्यशिखर नगरपालिकासंग आफनो भवन नहुदा हाल भाडामा लिइएको भवनबाट सेवा प्रवाह भईरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?