दार्चुला । दार्चुलामा आफनै घरको सुत्ने कोठामा झुण्डीएको अवस्थामा एक जना मृत्त फेला परेका छन् ।
जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर– ७ खोल्सीका ४५ वर्षीय हरक सिंह बिष्ट बुधवार (आज) सुत्ने कोठामा झुण्डीएको अवस्थामा मृत्त फेला परेको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक किशोर सिंह ऐरीले जानकारी दिनुभयो ।
मृत्तक बिष्ट हिजो जिल्ला सदरमुकाम खंलगा गएको र राती नौँ बजे घर पुगेर आफनो कोठामा सुत्न गएको तथा आज विहान घरको धुरीमा झुण्डीएको अवस्थामा भेट्टिएको बताईएको छ ।
शवको पोष्टमाष्टमको लागि अहिले गोकुलेश्वर अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक ऐरीले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया