दार्चुलाकै प्रसिद्ध औतालेक मन्दिरमा महाष्टमी जात्रा सुरु

दुर्गाादत्त मिश्र, दार्चुला । दार्चुलाकै प्रसिद्ध औतालेक मन्दिरमा आज महाष्टमी जात्रा सुरु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर–४ मा अवस्थित हुनैनाथ मन्दिर औतालेकमा आज जात्रा लागेको मन्दिरका पतरे (धामी)  जितेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष चौथी तिथि वृद्धि भएकाले महाष्टमी र महानवमी अशोज २५ गते (भोली) एकैदिन परेको बताईएपनी दार्चुलाको मालिकार्जुन क्षेत्रमा आज फुलपातीकै दिन महाष्टमी तिथि  मानिएको र आजै जात्रा लागेको मन्दिर व्यवस्थापन समितीले जनाएको छ ।

यस्तै विजया दशमीका दिन अशोज २६ गते पनी उक्त मन्दिरमा जात्रा लाग्ने बताईएको छ । वरदानीय हुनैनाथ देवताको दर्शनका लागि दार्चुला बैतडी तथा छिमेकी मुलुक भारतको सीमावर्ती भारतीय क्षेत्र जौलजिवी, धार्चुला, बालुवाकोट बाट समेत मन्दिरमा भक्तजनहरु आईपुगेको बताईएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?