दार्चुलामा तीन लाख बराबरको भन्सार छलीको समान सहित दुई जना प्रकाउ

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा प्रहरीले तीन लाख मूल्य बराबरको भन्सार छलीको समान सहित दुई  जनालाई प्रकाउ गरेको छ । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर –४ बांगाबगडका दुई पसलहरुबाट भन्सार छलीको समान बरामद गरिएको हो ।

आइतवार (हिजो) वेलुकी जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बंगाबगडस्थित बिर बहादुर बोहराको बिएम जनरल स्टोर र करन सिंह ठगुन्नाको किराना पसलबाट तीन लाख मूल्य बराबरको बिल नभएको, भन्सार छलीको समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय  दार्चुलाले जनाएको छ ।  बिएम जनरल स्टोरबाट २ लाख ५० हजार मूल्य बराबरको चिनी, पिठो, तेल, चप्पल लगायतका समान र ठगुन्नाको किराना पसलबाट ५० हजार मूल्य बराबरको चिनी, तेल बरामद गरिएको उहाले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र बहादुर रावतको नेतृत्वमा खटिएको प्रहरी टोलीले उक्त पसलका गोदाममा छापा हानेको थियो । भन्सार छलीको समानसहित पसलका सञ्चालकहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । भन्सार छलीको समान कार्वाहीको लागी दार्चुला भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?